रुपन्देहीमा बलात्कार आरोपमा युवक पक्राउ

नवलपुर टुडे
२०८० असार २४ | मध्यान्ह ०१:०३ बजे

रुपन्देही । रुपन्देहीमा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् ।
११ वर्षीया बालिकाको बलात्कार गरेको आरोपमा बुटवल उपमहानगरपालिका–११, बिनापातेमा बस्दै आएका २१ वर्षीय सुनील परियारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
परियारले बालिकाकै घरमा बलात्कार गरेको उजुरीका आधारमा प्रहरी टोली खटिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





