देश

    कोशी प्रदेश मुख्यमन्त्री थापाले लिए शपथ

    नवलपुर टुडे
    २०८० असार २२ | बिहान १०:०३ बजे

      विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले  पद तथा गोपनीयताको शपथ लिएका छन् ।

      सभामुखसहितको मत जोडेर बिहीबार साँझ मुख्यमन्त्री नियुक्त भएका थापाले आज प्रदेश प्रमुख पर्शराम खापुङसँग शपथ लिएका हुन् । 

      थापाले आजै सानो मन्त्रीमण्डल गठन गर्ने भएका छन् । काँग्रेसबाट प्रदीपकुमार सुनुवार र नेकपा (एकीकृत समाजवादी) बाट कमल प्रसाद जबेगुले पनि मन्त्रीमा शपथ लिने तयारी छ । 

      माओवादी केन्द्रबाट कसलाई मन्त्री बनाउने भन्ने टुङ्गो लागि नसकेको बताइएको छ । 

        कमेन्टहरु