लागुऔषधसहित प्रतापपुरबाट तीन जना पक्राउ


नवलपरासी, असार २१ । पश्चिम नवलपरासीबाट लागुऔषधसहित प्रहरीले तीन जना पक्राउ गरेका छन । पक्राउ पर्नेमा मोटरसाइकल चालक प्रतापपुर गाउँपालिका- २ सेमरी बस्ने बर्ष २७ को आकाश धरिकार, सोही मोटरसाइकल पछाडी सवार प्रतापपुर गाउँपालिका- १ उच्चमी टाँडी बस्ने बर्ष ३५ को किशोर केवट र प्रतापपुर गाउँपालिका- १ बस्ने कमला खाण ठकुरी रहेका छन ।
उनीहरुलाई प्रहरीले बुधबार साझ अन्दाजी ५:१० बजे प्रतापपुर गाउँपालिका – १ बाहुनगढीस्थित पक्राउ गरेका हुन । इलाका प्रहरी कार्यालय सेमरीबाट प्र.ना.नि. मदन बस्यालको कमाण्डमा खटिएको ५ जनाको प्रहरी टोलीलाई देखी युपि ५३ बिडि ५०९० नम्बरको मोटरसाइकल पछाडी सवार व्यक्तिले बोराको झोला फाली भाग्न खोज्दा तत्काल नियन्त्रणमा लिई झोला चेकजाँच गर्दा लागुऔषधसहित मोटरसाइकल र उनीहरुलाई पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट Proxyco-spas २० पत्तामा ४७५ ट्याब्लेट, Torcerex 100 ml को १० बोत्तलको लागुऔषध बरामद गरेको छ ।
त्यसैगरी प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा सोधपुछ गर्दा बरामद लागुऔषध प्रतापपुर गाउँपालिका- १ बस्ने ४० बर्षको कमला खाण ठकुरीलाई बिक्री गर्नको लागि ल्याएको भन्ने बताएकोले तत्काल कमला खाण ठकुरीको घरमा ईलाका प्रहरी कार्यालय बर्दघाटबाटसमेत प्रहरी टोली खटिगई रितपूर्वक खानतलासी गर्दा भान्सा कोठा र कुखुराको खोरबाट Proxyco-spas ८९ क्याप्सुल, Nitra Vet ३७८ ट्यावलेट, Onerex 6 ml को एक बोत्तल र Torcerex 100ml १ बोतल बरामद गरी उनलाई पनि नियन्त्रण लिईएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी भोजराज पाण्डेयले बताए ।
निजहरुलाई लागूऔषध मुद्दामा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको पाण्डेयले बताए ।





