शिक्षा

    एसईईको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी, बोर्ड बैठक बस्दै

    नवलपुर टुडे
    २०८० असार २१ | बिहान ०९:०३ बजे

      भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीका अनुसार नतिजा सार्वजनिकको काम सकिएको छ ।

      आज दिउँसो बोर्ड बैठक बोलाइएको छ । ‘अन्तिम तयारीमा छौँ । आज बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गर्ने योजना छ । आज सम्भव नभए भोलि हुन्छ’, परीक्षा उपनियन्त्रक भक्तबहादुर गोदारले भने ।

      २०७९ सालको एसईईमा ४ लाख ८५ हजार ३ सय ९६ परीक्षार्थी सहभागी भएका थिए । 

        कमेन्टहरु