देश

    बागलुङमा बेपत्ता मजदुर मृत भेटिए

    नवलपुर टुडे
    २०८० असार २० | बिहान ११:०३ बजे

      बागलुङ । बागलुङको दरमखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका मजदुर मृत भेटिएका छन् ।

      गलकोट नगरपालिकामा निमार्णाधीन दरमखोला जलविद्युत् आयोजनाका मजदुर २२ वर्षीय मिलन कार्की मृत भेटिएका हुन ।

      ओखलढुङ्गा घर भई हाल बागलुङको गलकोट–११ बस्दै आएका कार्की पौडी खेल्ने क्रममा मङ्गलबार साँझ बेपत्ता भएका थिए ।

      उनलाई प्रहरीले पूर्वखोलाको बीच भागमा मृत फेला पारेको प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

        कमेन्टहरु