खेलकुद

    पेनाल्टी सुटआउटमा भारतले जित्यो साफ च्याम्पियनसिपको उपाधि

    नवलपुर टुडे
    २०८० असार २० | बिहान ०७:०३ बजे

      काठमाडौं, असार २० । १४औँ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ ।

      घरेलु टोली भारतले मंगलबार राति खेलिएको रोमाञ्चक फाइनलमा कुवेतलाई पेनाल्टी सुटआउटमा ५—४ गोलले हराउँदै उपाधि चुमेको हो ।

      निर्धारित र थप गरिएको समयको खेल १—१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

      अन्ततः पेनाल्टी सुटआउटमा भारतले बाजी मार्‍यो । भारतले नवौं पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो ।

        कमेन्टहरु