अर्थ

    पेट्रोल-डिजेलको भाउ घट्यो

    नवलपुर टुडे
    २०८० असार १९ | बिहान ०७:०३ बजे

      काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल ७.५ रुपैयाँ, डिजेल ६ रुपैयाँ र मट्टीतेल ५ रुपैयाँले घटाएको हो ।

      अब काठमाडौं‚ पोखरा र दिपालयमा पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्ने छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पर्ने छ ।

      विराटनगर, जनकपुर, वीरगञ्जसहित तराईका जिल्लामा पेट्रोलको मूल्य प्रतिलिटर १६७.५ रुपैयाँ पर्ने छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १४७.५ रुपैयाँ पर्ने छ । सुर्खेत र दाङमा भने पेट्रोलको मूल्य प्रतिलिटर १६९ रुपैयाँ पर्ने छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ पर्ने छ ।

      निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ । आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँ तथा बाह्य इन्धनको मूल्य १५ रुपैयाँले घटेको छ ।

        कमेन्टहरु