कटहरिया बजारको सार्वजनिक शौचालय प्रयोग विहीन मेयर र वडाअध्यक्षको मिलोमतोमा भ्रष्टाचार

दिपेश कुमार शाह
रौतहट । रौतहट स्थित कटहरिया बजारको सार्वजनिक शौचालय प्रयोग विहीन भएको हो । ब्यापारीहरुको लागी सार्वजनिक शौचालय बिगत लामो समय देखि प्रयोगमा नरहेको हुनाले ब्यपारीहरुले गुनासो गरेको छ्न । स्थानिय सरकार परिबर्तन भएपछि जनताहरु धेरै उत्साहित भएको थियो । जनप्रतिनिधिबाट भएको भ्रष्टाचारले बजारको बाताबरण समेत बिगार्दै आईरहेको स्थानीय ब्यापारीहरले बताए ।
बिगत केहि दिन देखी स्थानिय तहले समयमा ध्यान नदिदा कटहरिया बजारमा ब्यपारीहरु कम घुम्न आइरहेको हुनाले ,ब्यपारीहरुलाई दिशा, पिसाब गर्नमा अफ्ट्यारो भैरहेको हुनाले बाहिर दिसा पिसाब गर्न जाने बाध्याता बनेको हो । कष्टकर जिवन भोग्दै आएका ब्यापारीहरुले नगर प्रमुख अजय प्रकाश जैसवालले नेपाली कग्रेश पार्टीबाट निर्वाचनमा निर्वचित हुनु भयो । दुई बर्ष बिते तर केहि परिवर्तन नभएको स्थानीयहरुले बताए ।
बिगत केहि दिन पहिला सौचालय, खाने पानी धेरै राम्रो सुबिधा सम्पन्न रहेको थियो । त्यो दिनमा पुर्ब मेयर सियाराम कुश्वाहा रहेको बेलामा राम्रो थियो। मेयर जैसवाल आएपछि दिन प्रति दिन अवस्था बिग्रेको स्थानियको गुनासो छ । सुधार गर्ने निकाय मौन छ ।
स्थानीय ब्यपारीहरुले नगरपालिकामा जादा नगर प्रमुखको कार्यकक्ष बन्द रहेको उनीहरुको गुनासो छ । निर्वाचित वडा नम्बर ५ अध्यक्ष सर्फलाल गुप्ताले कुनै चाशो नलिएको ब्यापारीहरुको गुनासो छ ।बिगतमा वडा अध्यक्ष गुप्ताले बजार मर्मत गर्नको लागी आएको बजेटको भ्रष्टाचार गरेको थियो ।





