अर्थ

    डिजेलको मूल्य बड्यो,ग्यास प्रतिसिलिन्डर १६१ रुपैयाँले घट्यो

    नवलपुर टुडे
    २०८० असार १८ | बिहान ०६:०३ बजे
    फाइल तस्बिर

      काठमाडौँ, असार १७ । भारतबाट डिजेल मूल्य बढेर आएको छ । हिजो १ तारिखमा प्राप्त नयाँ मूल्य सूचीअनुसार डिजेल प्रतिलिटर २.१६ रुपैयाँ बढेर आएको हो ।

      तर, डिजेल बाहेकका पेट्रोलियम पदार्थको मूल्य भने घटेर आएको छ । निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १४ पैसा घटेर आएको छ । यस्तै, मट्टितेलको मूल्य प्रतितिलटर ५ पैसा घटेर आउँदा हवाई इन्धनको मूल्य प्रतिलिटर ५७ पैसा घटेर आएको छ ।

      यसका साथै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १६१ रुपैयाँले घटेर आएको छ ।

        कमेन्टहरु