देश

    जलजला स्थानीय सरकारको गाउँसभा सम्पन्न, चार भाइले कर्मकाण्डी सभा चलाएको आरोप

    नवलपुर टुडे
    २०८० असार १७ | बिहान १०:०३ बजे

      पर्वत । आ.व. ०७९ । ८० समाप्तीको संघारमा ०८० । ८१ का लागि निति तथा कार्यक्रम र वजेट परित गर्न देशभरका स्थानीय सरकारहरु गाउँ तथा नगरसभा सम्पन्न गरिरहेका छन् । यस क्रममा पर्वत जिल्लाको जलजला गाउँपालिकाले दर्जनवढी सुरक्षाकर्मिको घेरा तथा कुर्ची हानाहानको वातावरण विच गरिमामय गाउँ सभा सम्पन्न गरेको छ ।जलजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले गाउँसभा सुरु भएको घोषणा गर्न नपाउदै सभाका वहुमत सदस्यहरु उभिएर गाउँ सभामा पेश गरिएको कुनै पनि प्रस्ताव तथा निणर्यहरु वैधानीक हुन नसक्ने भन्दै विरोध स्वरुप ज्ञापन पत्र सुनाएपछि सभामा भनाभन सुरु भएको थियो ।

      एमालेबाट गाउँ सभा सदस्यमा निर्वाचित ४ नं. वडा का वडाध्यक्ष भरतबहादुर क्षेत्रीले पालिका अध्यक्ष राजु प्रसाद आचार्य, पालिका उपाध्यक्ष दिपक आचार्य, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा र लेखा अधिकृत फणीन्द्र प्रसाद आचार्यको मिलेमतोमा विधि मिचेर वलपुर्वक गरिएको सभा संचालन प्रणालीलाई ४ जना (चार भाइ) को सभा भन्दै आक्रोस र विरोध जनाएका थिए ।

      स्थानीय सरकार संचालन कार्यविधि वमोजिम समान्य अवस्थामा सभा संचालन हुदा सचिवका रुपमा प्रमुख प्रशासकिय अधिकृत उपस्थित हुन पर्ने विधि विपरित कार्यालयका लेखा प्रमुख फणीन्द्र प्रसाद आचार्यलाई सभा सचिवकारुपमा आसिन गराईको थियो ।

      चालु आर्थिक वर्षको अन्त्य हुदै गर्दा जेठ मसान्तमा जलजला कै स्थानीय वडा नं ७ निवासी अर्जुन शर्मा जलजला गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतका रुपमा इलाका प्रशासन कार्यालय लेखनाथ, पोखराबाट सरुवा भई आएका हुन ।

      सभा अध्यक्षबाट सभाको कारवाही अघाडी वढाउने प्रयास गरिरहदा सभाका वहुमत सदस्यहरुले भने अध्यक्ष, उपाध्यक्ष, लेखा अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृत जलजला वडा नं ७ धाइरिङकै रहेको अवस्थामा विधि विपरित वडा नं ७ मा वजेटको ओइरो लागाईको भन्दै विधि सम्मत प्रकृया पुरा गरेर मात्र गाउँ सभा सम्पन्न हुनु पर्ने भन्दै कुर्ची हानाहान् गरिरहे ।

      सभामा अनुपस्थित रहेका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा भने यसअघि नै झण्डै साढे २ वर्ष जलजला गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतको कार्यभार सम्हालेर गई पुन: जलजला गाउँपालिका आएका हुन्। अधिकृत शर्मा असार १० र १२ मा सभाको सचिवको रूपमा उपस्थित भएका थिए भने १४ गतेको गाउँ सभामा भने उपस्थित नभएका कारण पालिकावासी स्थानीय लेखा अधिकृत  फणीन्द्रप्रसाद आचार्य सभाको सचिवका रुपमा उपस्थित भएका थिए ।

      कार्यविधि अनुसार प्रत्येक सभा सदस्यलाई सभाको जानकारी एक हप्ताको समय अघावै सूचना दिनुपर्नेमा असार १० गतेका लागि १ गतेको मिति राखी ८ गतेमात्र पत्राचार गरिएको भन्दै गलत नियत राखि विधि मिचिएको सभा संचालन हुन नसक्ने भन्दै विरोध गरिएको थियो । निति, कार्यक्रम र बजेट बारे विषयगत समितिमा छलफल दफावार छलफल नगरिएको तथा कार्यपालिका वैठकमासमेत अनुमोदन नगरी विधि लत्याई एकै पटक सभामा प्रस्तुत गरिएको र चालू आबको बजेट र प्रगती बारे समिक्षासमेत नगरिएको आरोप वहुमत सदस्यहरुले राखेका थिए ।

      गाउँ पालिकाको प्रशासकीय भवनका लागि अघिल्लो कार्यकालमा जग्गा खरिद गरि भवन निर्माण सुरु गरिएको अवस्थामा फेरी अस्थायी संरचनाका लागि बजेट व्यवस्था गर्न खोजिएको ले वजेटको दरुुपयोग केन्द्रित कार्यशैलीको विषयमा सभाका बहुमत सदस्यको असहमति दर्ज गरेका थिए ।

      गाउँसभाको प्रारम्भ र मध्यसमयमा पालिकाका सुरक्षासंयन्त्र तथा थप दर्जनौ सुरक्षकर्मीको पहरेदारीका विच असहज, उत्तेजित र कुर्चिहानाहानको स्थितीमा रहेको सभाको अन्त्य भने संयोगान्त कथामा परिणत भएको छ ।

      चारभाइको सभाको संज्ञा दिएका वहुमत सभाका सदस्यहरुले चारभाइको भागवण्डाको रणनीतीबाट प्रभावीत भई करिव ४७करोड १०लाख वरावर को वजेट सर्वसम्मत परित गरि जलजला स्थानीय सरकारको गाउँ सभा सम्पन्नताले सफलता पाएको थियो । कार्यपालिका १७ जनाको छ, एमाले ११ जना छन्। जसले यसमा हस्ताक्षर गरेका छन्।

      photo 2023 07 02 10 18 10 photo 2023 07 02 10 18 13 photo 2023 07 02 10 18 17 photo 2023 07 02 10 18 20

        कमेन्टहरु