लुम्बिनी प्रदेश

    मदन भण्डारीको जन्मजयन्तीमा प्रेस चौतारी गुल्मीले वृक्षरोपण गरेर मनाए

    नवलपुर टुडे
    २०८० असार १५ | बिहान ०८:०३ बजे

      इन्द्रजित नेपाली
      गुल्मी । प्रेस चौतारी नेपाल गुल्मी शाखाले तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदन भण्डारीको जन्म जयन्तीको अवसरमा बिभिन्न फलफूलका वृक्षरोपण गरेर जन्म जयन्ती मनाए ।

      भण्डारीको जन्म जयन्तीको अबसर पारेर जिल्लाको रेसुङ्गा नगरपालिकाको वडा नम्बर–९ तम्घासको बालउद्यान पार्कमा फलफूलका वृक्षरोपण गरिएको हो ।

      प्रेस चौतारी शाखा गुल्मीको आयोजनाले बालउद्यान पार्कमा स्टोबेरी, मौसम, अम्बा, धुपीसल्ला, टीम्मुर, सुन्तला, लगायत २ दर्जन फलफूलका बिरुवा रोपण गरिएको प्रेस चौतारी नेपाल जिल्ला शाखा गुल्मीमा सचिव अजय खड्काले नवलपुर टुडेलाई बताए ।

      वृक्षरोपण कार्यक्रममा नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याल र प्रेस चौतारी गुल्मी जिल्ला शाखामा आबद्ध सदस्यहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष अर्यालले मानव जीवनसँग वोट विरुवाको सम्बन्ध रहेकाले वातावरणीय सन्तुलनका लागि पनि वृक्षरोपण आवश्यक रहेको बताए ।

      जन नेता भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो । भण्डारीको २०५० साल जेठ ३ गते दासढुंगामा भएको जीप दुर्घटनामा परी निधन भएको थियो ।

      तस्बिर:

      received 252821164053007 received 659566245561169 received 922748292158155 received 306402581731331 received 1581546092368658 received 611103881150473

        कमेन्टहरु