रामग्राम पोखरापालीबाट अबैध सामान प्रहरीद्वारा नियन्त्रण, तस्करमा संकग्न फरार


नवलपरासी, असार १४ । नवलपरासी प्रहरीले अबैधरुपमा भन्सार छली ल्याएको विभिन्न सामान नियन्त्रणमा लिईएको छ । बिहीबार बिहान ८:१० बजे रामग्राम नगरपालिका- ६ पोखरापालीबाट अबैध रुपमा भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अबस्थामा जिल्ला प्रहरी कार्यालयबाट प्र.स.नि. मान बहादुर खत्रीको कमाण्डमा खटि गएको प्रहरी टोलीले नियन्त्रणमा लिईएको प्रहरीले जनाए ।
उक्त प्रहरी टोलीलाई देखेर मोटरसाइकलसहित सामान छोडी तस्करमा संलग्न ब्यक्ति फरार रहेको छन । तस्करले छोडेको मोटरसाइकलसहित सामान नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय परासीमा राखेको कार्यालयका सुचना अधिकारी भोजराज पाण्डेयले बताए ।
प्रहरीले नियन्त्रणमा लिईएको सामान हुक्का फ्लेबर ११९ थान अन्दाजी मुल्य रु.३,२१,३००/- (तीन लाख एक्काईस हजार तीन सय), काजु लगायत किराना सामान अन्दाजी मुल्य रु.२०,८००/-(बीस हजार आठ सय), लु ८१ प १६५६ नम्बरको मोटरसाइकल युपि ५६ ई १३२९, र युपि ५६ एक्स ७३७० नम्बरको मोटरसाइकलको अन्दाजी मुल्य रु. ४५०००/- (पैंतालीस हजार) गरी जम्मा रु.३,८७,१००/- ( तीन लाख सत्तासी हजार एक सय) रुपियाँ बराबरको रहेका छन ।
अवैध ओसारपसार गरी सामान ल्याउने कार्यमा संलग्न फरार ब्यक्तिहरुको सम्बन्धमा खोजतलास तथा अनुसन्धान भइरहेको पाण्डेयले बताए ।





