उपाध्यक्ष मौलाना मशहूदले दिए बकर ईदको शुभकामना


कपिलवस्तु, असार १४ । लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले ईस्लाम धर्मावलम्वीहरुको ठूलो पर्व बकर ईद (इद–उल–जोहा) को अवसरमा सम्पूर्ण मुस्लिम समुदायलाई शुभकामना व्यक्त गरेका छन् ।
शुभकामना सन्देश दिदै खांले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएको भन्दै विविधता हाम्रो आकर्षण र विविधता भित्रको एकता नै नेपालको पहिचान भएको बताउनुभयो । बहुधर्म र बहुसँस्कृतिले हाम्रो समाजलाई पारस्पारिक सम्मान सहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन् ।
लामो संघर्षपछि हामीले संविधानसभाबाट नयाँ संविधान निर्माण गर्ने महत्वपूर्ण उपलब्धी हासिल गर्नुका साथै समाजका विविध क्षेत्रमा उठेका मागहरुको सम्बोधन तथा नयाँपनलाई समेत अबलम्वन गर्ने आधार निर्माण संविधानले गरेको छ ।
स्वदेश तथा विदेशमा रहेका ईस्लाम धर्मावलम्बी लगायत सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दै मौलानाले सो दिन सरकारले सार्वजनिक बिदा दिएर मुस्लिम समुदायप्रति सम्मान समेत गरेको बताएका छन् ।





