समाज

    कांग्रेस कपिलवस्तुको बिजयनगरमा वडा सम्मेलन सम्पन्न

    असिम कामु
    २०८० असार १३ | मध्यान्ह ०९:०३ बजे

      नन्दकिशोर कुर्मी
      विजयनगर । नेपाली कांग्रेसलाई जनतासंग जोड्न विभिन्न कार्यक्रमहरू गर्दै आएको कांग्रेसले यसपालि रूपान्तरणको कार्यक्रम लिएर वडा सम्मेलन गरेको छ । नयाँ पार्टीहरूको उदय भएसंगै संगठन जोगाउन सकस भएपछि कांग्रेसले आफूलाई परिमार्जित गर्ने नारासहित जनता माझ जान लागेको हो ।

      अभियानले जनताका समस्या समधानको उपाय तथा संगठनलाई चलायमान गराउनको लागि महत्वपूर्ण भूमिका खेल्ने वडा सम्मेलनबाट हुने, जनताले परिवर्तन चाहेकाले सोही बमोजिम कांग्रेसको संगठन पनि रूपान्तरणको मार्गमा लैजान यो अभियान सञ्चालन गरिएको नेपाली कांग्रेस जिल्ला सदस्य केशव पान्डेले बताए ।

      ‘समय र जनताको मागअनुसारको कांग्रेस बनाउनु आजको आवश्यक्ता हो’ प्रमुख अतिथि नेपाली कांग्रेस जिल्ला सदस्य केशव पान्डेले भने ।

      कनिक राम चाइ, रघुनाथ प्रसाद चाइ र लाल गाेपाल पंगेनी सभापतिकाे नेतृत्वमा वडा सम्मेलन कार्यक्रम भएको हो । नेपाली कांग्रेसको अभियान अन्तर्गत कपिलवस्तु विजयनगरका बिशिस्ट अतिथि मुक्त्तेश्वर मिश्रा, राजेश उपाध्या, बिद्यावती खटिक र रफिक माेहम्मदकाे उपस्थितिमा वाड कार्यक्रम सर्ब-सहमतिमा सम्पन्न गरेको छ ।

        कमेन्टहरु