बालेन भारतलाई गाली सस्तो लोकप्रियता कमाउन गर्छन: पूर्व मन्त्री यादव


काठमाडौं । फैसन डिजाइनर बनेर देश चल्दैन अहिले काठमाडौं महानगरपालिका मेयर वालेन साह फैसन डिजाइनमा बढी ब्यस्त रहेको जनता समाजवादी पार्टीका सांसद प्रदिप यादवले बताएका छ्न ।
कुनै पनि कुराको यथार्थ नबुझेर प्रतिबन्ध लगाउने, अदालतले गरेको कुरा निर्णय मान्दैन भन्ने यो मेयर वालेन बुद्धिहिनताको प्रमाण भएको बताएका छ्न । नेपालको कानुन नमान्ने संविधान नमान्ने अनि त्यही कानुन अनुसार आफू चाहिँ मेयर बन्ने । संचारकर्मी सङ कुरा गर्ने क्रममा साँसद प्रदिप यादवले यस्तो बताएका हुन । वालेन साहले सस्तो लोकप्रियताले र आफ्नो कानुन अनुसार देश, समाज चल्न सक्दैन न्यायको लागि अदालत छ । अदालतको कुरा सर्बपरी हुन्छ । मेयर वालेन साहले नक्सा राख्दैमा सिमाको समस्या समाधान हुदैन । सिमा समाधानको काम नेपाल सरकारको हो ।
दुबै देश मिलेर सिमा समाधान गर्ने हो वालेनले होइन । सस्तो लोकप्रियताले निकाय चल्दैन । उपमहानगरपालिकाको कार्यालयमा ग्रेटर नेपालको नक्सा राख्नु भनेको फैसन डिजाइनरको काम हो । अदालतको आदेश मान्दैन भनेर हुदैन हिम्मत छ, भने कानुन नमानेर देखाउन उनले भने । कानुनले आफ्नो काम गर्छ । मात्र सस्तो लोकप्रियताको लागि भारतलाई गाली गर्ने ? भारतीय गीत दिन भरी सुन्ने अनि संसोधन गरेको चलचित्र चल्न नदिने कुनै पनि कुरा मनोरञ्जन सङ देशको राजनीति सङ खेलवाड गर्न नहुने उनले भने ।
भिडियो: हेर्न लिङ्क क्लिक गर्नु होला https://fb.watch/lmKVCTwtdD/?mibextid=v7YzmG





