देश

    ललिता निवास प्रकरण : पूर्वनिर्वाचन आयुक्त शाह पक्राउ

    नवलपुर टुडे
    २०८० असार १२ | मध्यान्ह ०३:०३ बजे

      काठमाडौं । ललिता निवास प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ परेका छन् ।

      केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शाहलाई पक्राउ गरेको हो । उनी पूर्वसहसचिवसमेत हुन् । शाह कुनै बेला भक्तपुर मालपोत कार्यालयमा कार्यरत थिए । शाहलाई धुम्बाराहीस्थित उनको निवासबाट पक्राउ गरिएको सीआईबी स्रोतले जनाएको छ ।

      ललिता निवासको जग्गा शाहकी श्रीमतीको नाममा पनि दर्ता रहेको जनाइएको छ । ललिता निवास जग्गा कीर्ते  प्रकरणमा सीआईबीले हालसम्म ७ जनालाई पक्राउ गरिसकेको छ ।

        कमेन्टहरु