भारतकाे बलरामपुरमा ट्रक र टेम्पो ठोकिँदा एकको मृत्यु, चार जना घाईते

नवलपुर टुडे
२०८० असार ९ | मध्यान्ह ११:०३ बजे

नन्दकिशोर कुर्मी
विजयनगर । शनिवार दिउँसो १ बजे भारतको बलरामपुर जिल्ला पूर्वपश्चिम राजमार्ग भातर चौककाे नजिकै पूर्व तर्फ जादै गरेको ट्रक र पश्चिमतर्फ जादै गरेको टेम्पो आपसमा ठोक्किँदा टेम्पोमा सवार एक जनाको मृत्यु भएको छ भने ट्रक र टेम्पोमा सवार चार जना घाईते भएका छन । घाईते मध्ये एक जना गम्भीर रहेको छ ।
मृत्यु हुनेमा गाउँ हटवा थाना पचपेडवाका अन्दाजी २८ वर्षका राजकुमार रहेको छ, भने गम्भीर घाइते अन्दाजी ३४ वर्षका उनको नाम थर खुलेका छैन । गम्भीर घाईते दुबै जनालाई उपचारको लागि लादै गर्दा राजकुमारकाे मृत्यु भएको जिल्ला बलरामपुर मजगवाकाे सलमान खाँले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते युवकको पहिचान खुलेको छैन । ट्रकमा सवार अन्य तीन जना सामान्य घाईते भएको सलमान खाँले जानकारी दिए । उनीहरुको बलरामपुरमा उपचार भइरहेको छ ।





