राष्ट्रिय ख्रिष्टियन महासंघकाे सल्लाहकारमा डा:पिटर


काठमाडौं । विश्वभर छरिएर रहेकाे नेपाली भाषी ख्रिष्टियनहरुकाे हकहित र संरक्षणकाे लागि अभिभावक रहेकाे एकमात्र संस्था राष्ट्रिय ख्रिष्टियन महासंघले संघकाे मिति: २०८०-०३-०१ मा बसेकाे केन्द्रीय कमिटिकाे बैठकबाट मनाेनित सल्लाहाकार रेभ डा: साइमन पिटरलाई बधाई तथा शुभकामना दिएकाे छ।
महासंघकाे ललितपुरस्थित कार्यालयमा भएकाे उक्त कार्यक्रममा बाेल्दै महासंघकाे अध्यक्ष गहतराजले बिगतमा आफुले गरेका केही गल्तिहरुका बिषयमा क्षमा गरिदिने आफुपनि क्षमा माग्दै सबै मिलेर संस्थालाई अघि बढाउने अभियायनमा रेभ डा : साइमन पिटरलाई सल्लाहकारकाे रुपमा हुँदा अझ सहज हुने बताए।
सल्लाहकारका रुपमा मनाेनित डा: पिटरले विश्वभर रहेकाे नेपाली भाषी ख्रिष्टियनहरुकाे हकहितका लागि स्थापित महासंघकाे सल्लाहकारमा रहेर पर्मेस्वर र सारा विश्वासी जनहरुका लागि सेवककाे रुपमा रहेर सेवा गर्ने अवसर दिएकाेमा महासंघ र महासंघ परिवार प्रति धन्यवाद प्रकट गरेका छन्।
समुदायकाे हकहितका लागि केही गर्छाैँ र केही बाेल्छाैँ भन्ने अन्य संस्थाहरुकाे तुलनामा यस राष्ट्रिय ख्रिष्टियन महासंघले राज्यकाे सबै तहहरुमा आफ्नाे परिचय स्थापित गरिसकेकाे याे परिपक्षमा टुटेर र फुटेर भन्दा पनि आपसमा सबै मिलेर राज्य सँग ख्रिष्टियन समुदायकाे हितका लागि पहल र कदम चाल्दै अघि बढ्नु पर्ने पिटरले बताए।
कार्यक्रममा बाेल्दै पिटरले हामी ख्रिष्टियनहरु आपसमा नमिल्दा राज्यले हरेक शिर्षकमा विभेद गरेकाे बताए । अबका दिनमा महासंघमा रहेर तथ्यांक सङ्कलन तथा प्रकाशनमा मात्र नभएर बार्षिक बिदा, धर्म प्रचारप्रसार, समाधिस्थलका लागि जमिन साथै ख्रिष्टियन आयाेग जस्ता बिषयमा राज्य तथा सरकारसँग जाेडदार माग गरिनेसमेत बताए।
कार्यक्रममा महासंघकाे बिधान अनुसार ३७ जना विशेष केन्द्रीय कार्यसमिति सदस्यहरुसहित १५१ जना पदाधिकारिहरुकाे उपस्थिति रहेकाे थियाे ।





