देश

    नवलपरासीबाट लागूऔषधसहित एक जना पक्राउ

    नवलपुर टुडे
    २०८० असार ८ | मध्यान्ह ०४:०३ बजे

      नवलपरासी, असार ८ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. १ भिठाबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका स्थानीय वर्ष ४६ का बिनोद कोहार रहेका छन् ।

      गएराती लागुऔषध लुकाइछिपाई राखेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सेमरिबाट प्रहरी नायब निरीक्षक मदन बस्यालको कमाण्डमा ५ जनाको टोली र शसस्त्र सुरक्षा बेशबाट सहायक प्रहरी निरीक्षक श्याम कुमार थापाको कमाण्डमा खटिएको संयुक्त टोलीले कोहारको घरबाट लागूऔषध बरामद गरिएको हो ।

      प्रहरीले उनको घरबाट प्रोक्सीको स्पार ९६३ ट्याब्लेट, नित्रा भेट ६०० पिस र कोरेक्स १०० एमएलका ९ बोटल बरामद गरेको थियो । बरामद गरिएको लागूऔषध र कोहारलाई नियन्त्रणमा लिई अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले जानकारी दिए ।

        कमेन्टहरु