देश

    ओखलढुङ्गामा पहिरोले एकै परिवारका चारजनाको मृत्यु

    नवलपुर टुडे
    २०८० असार ८ | बिहान ०७:०३ बजे

      ओखलढुङ्गा, असार ८ । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नम्बर ८ जनजाति बस्ती (गुरुङ बस्तीमा) पहिरो जाँदा चार जनाको मृत्यु भएको छ।

      पहिरोले १५ वटा घर बगाएको छ। बिहीबार राति ११ बजे पहिरो जाँदा एकै घरका चारजनाको परी २० भन्दा बढी चौपायासमेत बगाएको वडा नम्बर ८ का अध्यक्ष खड्गबहादुर बरालले जानकारी दिए।

      स्थानीय ३८ वर्षीय रणबहादुर गुरुङ, श्रीमती २९ वर्षीया शिवमाया, छोरा १० वर्षीय छोरा दिनेश गुरुङ र डेढ वर्षकी कविताको मृत्यु भएको हो। तीनजनाको शव निकालिएको छ भने दिपेशको शव खोजी भइरहेको बरालले जानकारी दिए।

      रातिबाटै नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानीय बासिन्दा शव निकाल्न र उद्धारमा खटिएको अध्यक्ष राउतले जानकारी दिए।

        कमेन्टहरु