देश

    कपिलवस्तुमा करेन्ट लागेर एकको मृत्यु, ६ जना घाईते

    नवलपुर टुडे
    २०८० असार ६ | मध्यान्ह १०:०३ बजे

      नन्द किशोर कुर्मी
      कपिलवस्तु । कपिलवस्तुमा बाटो बनाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन ।

      मृत्यु हुनेमा विजयनगर गाउँपालिका- ५ गाउँका जिमदार धुनियाकाे छाेरा २४ वर्षीय समसुदिन धुनिया रहेका छन् । घाईते ६ जना उपचार पश्चात घर फर्केको प्रहरी जानकारी दिएको छ ।

      मृतक धुनियाको उपचारको क्रममा शिवराज अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिए । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

        कमेन्टहरु