तस्कर

    नवलपरासीबाट १२ लाख भन्दा बढिको अबैध सामानसहित एक जना पक्राउ

    नवलपुर टुडे
    २०८० असार ६ | मध्यान्ह ०६:०३ बजे

      नवलपरासी, असार ६ । पश्चिम नवलपरासीमा प्रहरीले अबैध सामानसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही सिद्धार्थ नगरपालिका- ४ बस्ने बर्ष ४५ को अमित कुमार श्रीवास्तव रहेका छन ।

      श्रीवास्तवलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्र.स.नि. चोप बहादुर केसीको कमाण्डका टोलीले पक्राउ गरेका हुन ।

      उनलाई बुधबार दिउँसो करिब १ बजे प्रहरीलाई प्राप्त विशेष सुचनाको आधारमा चेकजाँच गर्नेक्रममा भारतबाट नेपाल तर्फ मोटरसाइकल र कारमा अबैध सामान ल्याउदै गरेको अबस्थामा रामग्राम नगरपालिका- ५ बाईपासस्थितबाट नियन्त्रणमा लिएको हो । मोटरसाइकल चालक भने फरार रहेका छन ।

      IMG 20230621 WA0001

      बरामद सामान साडी १६ पिस, कुर्ता सुरवाल १३० पिस, टप्स १८८ पिस , लु ३ च ७७७ नम्बर को सिएलआई हिरो कार १ थान, जिउँदो बोईलर कुखुरा १४ वटा (२८ केजी) र भारतीय नम्बर प्लेटको मोटरसाइकल युपि ५६ पि ८५५६ एक थान रहेको छ । जसको अन्दाजी मूल्य रु. १२,११,४००/- रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी भोजराज पाण्डेयले बताए ।

      बरामद सामान, कार र श्रीवास्तवलाई आबश्यक कारबाहीको लागि भन्सार कार्यालय महेसपुर पठाइएको पाण्डेयले बताए ।

        कमेन्टहरु