पौडी खेल्ने क्रममा डुबेर नवलपुरमा एक बालकको मृत्यु

नवलपुर टुडे
२०८० असार ६ | बिहान १०:०३ बजे

नवलपुर, असार ६ । नवलपुरको मध्यबिन्दु नगरपालिका वडा नं. ८ स्थित गिरुबारी खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका – ४ सिता राईसमिल बस्ने लक्ष्मी बुचा थापाका ११ वर्षीय छोरा सुगम थापा रहेका छन् ।
रुपन्देहीकै ११ वर्षीय रेम रजाली र सोही ठाउँका बर्ष ८ को प्रिन्स रजालीको साथमा पौडि खेल्न खोलामा गएका सुगम आज बिहान करिब साढे ७ बजे डुबेर गम्भीर घाईते भएका थिए । उनको उद्धार गरी उपचारका लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा ल्याएकोमा करिब ९ बजे डाक्टरले मृत घोषणा गरेको हो ।
सुगम ५ गते मध्यबिन्दु नगरपालिका वडा नं. ८ भाग्रामा मामा घर आएका थिए । उनी आफ्नो बुबासँग हजुरआमा तारा थापाको १३ औं दिनको पुन्यतिथिमा आएको प्रहरीले जनाएको छ ।





