नवलपुरको सर्दीमा चट्याङ लागि छबिलाल सारुको मृत्यु

नवलपुर टुडे
२०८० असार ६ | बिहान ०९:०३ बजे

नवलपुर, असार ६ । नवलपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । नवलपुरको विनय त्रिवेणी गाउँपालिका- १ भुटुकेका ५७ बर्षीय छबिलाल सारुको चट्याङ लागेर मृत्यु भएको हो ।
आज बिहान ६:३० बजे गोग्दीस्थित खेतमा श्रीमान श्रीमती मिली काम गर्ने क्रममा चट्याङ लागी घाईते भएका सारुलाई घरमा पुर्याउदा मृत्यु भैइसकेको अस्थाई प्रहरी पोष्ट सर्दीका प्र.स.नि.कर्मुल्ला धोवीले जानकारी दिए ।
मृतक श्रीमती कुमारीसरा सारुलाई भने केही भएको छैन । मृतकको ४ छोरा, ३ बुहारी, २ छोरा बिदेशमा रहेको र २ छोरा,३ बुहारी घरमा रहेको इलाका प्रहरी कार्यालय दुम्किबासले जानकारी दिए ।
अहिले इलाका प्रहरी कार्यालय दुम्किवासबाट प्र.नि.राजेन्द्र थापा मगरको कमाण्डमा SOCO सहित ७ जानको टोली घटनास्थलमा खटि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारीले जानकारी दिए ।





