सुदुरपश्चिम प्रदेश

    सुदूरपश्चिम प्रदेशमा आज शोक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने

    नवलपुर टुडे
    २०८० असार ६ | बिहान ०६:०३ बजे

      कैलाली, असार ६ । सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभर शोक बिदा दिएको छ । हिजो (मंगलबार) आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्को बैठकले बुधबार शोक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको थियो ।

      मंगलबार सवारी दुर्घटनामा निधन भएका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको शोकमा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । बझाङ जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडानजिकै भएको दुर्घटनामा मन्त्री सिंह सहित उनको श्रीमती र भाउजूको पनि ज्यान गएको छ । मन्त्री पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको बझाङको स्थानीय देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको थियो भने गम्भीर घाइते भएका मन्त्री सिंहको कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

      आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आज शोक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको जनाकारी दिएको हो ।

        कमेन्टहरु