नवलपरासीमा चट्याङ लागेर एक जनाको मृत्यु


नवलपरासी, असार ५ । पश्चिम् नवलपरासीको रामग्राम नगरपालिका – १० नदुवामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान पौने ११ बजेको समयमा खेतमा काम गर्ने क्रममा अचानक चट्याङ लागेर स्थानीय ४० वर्षका बिनोद कोहार गम्भीर घाइते भएका थिए ।
घाईते भएका कोहारको उपचारको लागी भैरहवा सिटि अस्पताल रुपन्देही लगिएकोमा करिब ११:२० बजेतिर उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी चौकी तोनबाबाट प्रहरी सहायक निरीक्षक थमन बहादुर ठाडाको कमाण्डमा ३ जना र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमान्डमा प्रहरी टोली खटि गई मुचुल्का लगायतको कार्य सम्पन्न गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले जानकारी दिए ।
मृतक कोहार पाल्पाको पुर्वखोला गाउँपालिका – ५ बिरकोटस्थित बिरकोट आयुर्वेदिक औषधालयमा कबिराज निरीक्षक (अधिकृत छैटौ तह) पदमा कार्यरत रहेका थिए । उनको शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल परासीमा राखिएको प्रहरीले जनाएको छ ।





