देश

    कपिलवस्तु विजयनगरमा कुखुराका चल्ला, दाना र भाँडा वितरण

    धर्मेन्द्र कुमार कुर्मी
    २०८० असार २ | मध्यान्ह ०२:०३ बजे

      घनश्याम भर (विजयनगर)

      कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा शनिबार लोकल कुखुराको चल्ला, दाना र भाँडा वितरण गरिएको छ । नवप्रवर्तन साझेदारी कोषको पोखरीहरुको व्यवस्थापन मार्फत समावेश आर्थिक विकास कार्यक्रम अन्तर्गत वितरण गरिएको जनाइएको छ ।

      कार्यक्रम संयोजक कमला शुक्लाले लोकल कुखरा तथा हाँस पालनका लागि तालिम लिएका सदस्य कृषकहरुलाई चल्ला, दाना र भाँडा वितरण गरिएको जानकारी दिइन् । उनले नवप्रवर्तन साझेदारी कोषका ५० जना सदस्य कृषकलाई ६ लाख ५० हजार रुपैयाँ बराबरको लोकल कुखुराको चल्ला, दाना र भाँडा उपलब्ध गराइएको शुक्लाले बताइन् ।

      विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले यस कार्यक्रमले आर्थिक विकासमा टेवा पुग्ने बताए । उनले नवप्रर्तन साझेदारी कोष समुहका सदस्यहरुलाई व्यावसायिक रुपमा अगाडी सर्न आवश्यक रहेको बताए ।

      अध्यक्ष थापाले आर्थिक विपन्नतालाई माथि उकास्न मदत पुग्ने बताउँदै कार्यक्रमको उद्धेश्य अनुरुप लागेर व्यवस्थित बनाउँदै व्यावसायिक ढङ्गले अग्रसरता देखाउन सबै लाभग्राही कृषकहरुलाई अनुरोधसमेत गरे ।

        कमेन्टहरु