समाचार

    राष्ट्रपतिको मुटुमा पुनः समस्या, राति नै अस्पताल भर्ना

    नवलपुर टुडे
    २०८० असार २ | बिहान ०७:०३ बजे

      काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई मुटुमा पुन: समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । मध्यरातमात्रि बि शिक्षण अस्पताल महाराजगन्जमा  पुयाइएका राष्ट्रपति पौडेललाई बिहान नै मनमोहन अस्पताल लगिएको स्रोतले बताएको छ ।

      पौडेलको मुटुको समस्याका कारण २ बजे राति त्रिबि शिक्षण अस्पताल  पुर्‍याइएकाे थियाे ।

      स्राेतका अनुसार त्रिबि शिक्षण अस्पतालबाट आज बिहान ५ बजे मनमोहन कार्डियो थेरासिस भास्कुलर एन्ड ट्रान्स प्लान्ट सेन्टरमा लगिएकाे  छ । अहिले उनकाे सिसियूको क्याबिनमा राखेर उपचार भइरहेको स्रोतले बताएको छ ।

      केही दिन अघि पनि मुटुमा समस्या आएपछि  अस्पताल भर्ना भएका थिए । उनी अघिल्लाे महिना मात्रै भारतकाे नयाँदिल्लीमा उपचार गरी फर्केका थिए ।

        कमेन्टहरु