स्याङ्जा चापाकोट नगरपालिकाका पूर्वमेयर गिरीको दुर्घटनामा परी निधन

नवलपुर टुडे
२०८० असार २ | बिहान ०७:०३ बजे

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिकाका पूर्वमेयर शिवकुमार गिरीको दुर्घटनामा परी निधन भएको छ। शुक्रबार राति पुतलीबजार नगरपालिका १० बरजास्थित सिद्धार्थ राजमार्गमा उनी चढेको बा १५ च १७०१ नम्बरको स्कारपिओ अनियन्त्रित भइ दुर्घटनामा भएकाे जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारीरविन्द्र खनालले जानकारी दिए।
गिरी राङ्खोलाबाट स्याङ्जा बजारतर्फ आउँदै थिए । दुर्घटनापश्चात् गम्भीर घाइते भएका उनकाे उपचारका क्रममा जिल्ला अस्पताल स्याङ्जामा राति पाैने १२ बजेतिर निधन भएकाे प्रहरीले जनाएकाे छ।
प्रहरीले पुतलीबजार-९ कोल्मा बस्ने ३२ वर्षीय सवारी चालक सुरज नेपाली तथा स्कारपियो नियन्त्रणमा लिएको प्रवक्ता खनालले बताए।





