अर्थ

    मधेश सरकारले झण्डै ४३ अर्बको बजेट ल्याउँदै

    नवलपुर टुडे
    २०८० असार १ | मध्यान्ह ०१:०३ बजे

      जनकपुरघाम । मधेश प्रदेश सरकारले आज अगामी आर्थिक वर्षको लागि ४३ अर्बको हाराहारीकाे बजेट प्रदेशसभामा  प्रस्तुत गर्ने भएको छ । अर्थमन्त्री  सञ्जयकुमार यादवले आगामी आर्थिक वर्षका लागि ४३ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेका हुन् ।

      अर्थ मन्त्रालयका स्रोतका अनुसार प्रदेश सरकारले  चालुतर्फ १८ र पुँजीगततर्फ २५ अर्बको हराहारीमा बजेट ल्याउने तयारी गरेको हो । जुन चालु आर्थिक वर्षकाे भन्दा कम आकारको बजेट हो । चालु आर्थिक वर्षका लागि मधेश सरकारले ४६ अर्ब ९१ करोड ४८ लाख ८८ हजार बराबरको बजेट ल्याएको थियो ।

      सङ्घीय सरकारले दिने अनुदान घटेको, खर्च गर्ने प्रवृत्तिमा अपेक्षित सुधार आउन नसकेको तथा आन्तरिक आय नबढ्ने प्रक्षेपणसहित मधेशले बजेटको आकार घटाएको हो ।  अर्थमन्त्री यादवले सङ्घले अनुदान घटाएका कारण आगामी आर्थिक वर्षमा  आकार घटाएर बजेट ल्याउने बताए । उनले आफूले ल्याउने बजेट जनमुखी हुने दाबी गरे ।

        कमेन्टहरु