देश

    लिचीको दाना घाँटीमा अड्किएर बालकको मृत्यु

    नवलपुर टुडे
    २०८० असार १ | बिहान ०९:०३ बजे
    साङ्केतिक तस्बिर

      सिन्धुली । सिन्धुलीमा गए राति घाँटीमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ ।

      कमलामाई नगरपालिका- ६ धुराबजारका तीन वर्षीय क्रियान तामाङको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो ।

      लिचीको दाना अड्किएपछि राति नै उनलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको थियो ।

      जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बालकको लिचीको दाना अड्किएर मृत्यु भएको अस्पतालबाट जानकारी प्राप्त भएको बताएका छन् । रासस

        कमेन्टहरु