काठमाडौमा सामुदायिक विद्यालयका कर्मचारी निरन्तर प्रदर्शनमा

नवलपुर टुडे
२०८० जेष्ठ ३२ | मध्यान्ह ०३:०२ बजे

काठमाडौ । सामुदायिक विद्यालयका कर्मचारीहरूले आज पनि विरोध प्रदर्शन गरेका छन् ।
नेपाल विद्यालय कर्मचारी परिषद राष्ट्रिय समितिको आयोजनामा विद्यालयका कर्मचारीले माइतीघरमा प्रदर्शन गरेका हुन्।
प्रदर्शनरत कर्मचारीले चक्काजाम गर्न खोजेपछि प्रहरीले केहीलाई पक्राउ गरेको छ । पक्राउ गरेसँगै केहीबेर प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेलसमेत भएको थियो।
सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको सेवा–सुविधाको विषयमा नीति तथा कार्यक्रममा उल्लेख भए पनि बजेटमा नसमेटिएपछि कर्मचारी आन्दोलनमा उत्रिएका हुन्।





