देश

    वानएक्स बेटमा सट्टेबाजी गरेको आरोपमा आठ जना कलाकार र युट्युबर पक्राउ

    नवलपुर टुडे
    २०८० जेष्ठ ३२ | मध्यान्ह ०२:०२ बजे

      काठमाडौं, जेठ ३२ । अनलाइन बेटिङ प्रवर्द्धन गरेको आरोपमा प्रहरीले आठ जना कलाकार र युट्युबरहरुलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रतिबन्धित अनलाइन बेटिङ ‘वान एक्स बेट’मा सट्टेबाजी गर्न विज्ञापन गरेको आरोपमा कलाकार र युट्युबरहरूलाई पक्राउ गरेको हो । 

      पक्राउ पर्नेमा चर्चित टेलिसिरियल हल्का रमाइलो र जुठेका ‘बल्छी ध्रुवे’ मरिचमान श्रेष्ठ र राजुमास्टर उर्फ राजु पौडेल, हास्य कलाकार ‘म्याकुरी’ पवन खतिवडा र युट्युबर अलिश राई छन् । त्यस्तै युट्युबर जलन घर्तीमगर ‘जलन’, गणेश देवकोटा (जिडी), सरोज घिमिरे (ढेडु बुढो) र हास्य टेलि शृङ्खला ‘गाह्रो छ हो’ को भटभटे माइला भन्ने बेगम नेपाली छन् । 

      उनीहरूले युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिन्छ । यसरी कलाकार एवं युट्युबरहरूले विज्ञापन गरेर बेटिङमा युवापुस्तालाई आकर्षण गर्ने गरेको भन्दै कार्यालयले अपरेसन चलाएको हो । त्यसरी अपरेसन चलाएर बुधबारमात्रै बेटिङका पाँच जना एजेन्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । 

      पाँच जनाले मात्रै ७४ करोडको कारोबार गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

        कमेन्टहरु