मौसम

    बागमतीसहित चार प्रदेशमा वर्षाको सम्भावना

    नवलपुर टुडे
    २०८० जेष्ठ ३१ | बिहान ०६:०२ बजे

      काठमाडौं, जेठ ३१ । हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

      जसको प्रभावले कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र मधेस प्रदेश लगायत बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

      राति भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वर्षाका बाबजुद देशका अधिकांश भू–भागमा गर्मी कायमै रहने महाशाखाले जनाएको छ।

        कमेन्टहरु