देश

    बालकृष्ण खाँणको पक्षमा १० वकिलको बहस

    नवलपुर टुडे
    २०८० जेष्ठ ३० | मध्यान्ह ०८:०२ बजे

      काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनि करोडौँ गरिएको ठगी प्रकरणमा मंगलबार पूर्व गृहमन्त्री बालकृष्ण खाणको तर्फबाट १० जना वकिलले बहस गरेका छन् ।

      काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानको इजलासमा १० वकिलले बहस गरेका हुन् । जिल्ला अदालत काठमाडौंमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आज खाणको तर्फबाट पंकजकुमार कर्ण, शेरबहादुर केसी, प्रेमबहादुर खड्का, लक्ष्मी थापा खड्का, यकराज पोखरेल, हरिहर दाहाल, अजयशंकर झालगायतले बहस गरेका छन् ।

      बहसका क्रममा उनीहरुले बयानका आधारमा खाणलाई ठगी, कीर्ते लगायतका पाँच मुद्दा चलाउन नमिल्ने तर्क गरेका थिए । मंगलबार बहस नसकिएपछि बुधबार पनि थुनछेक बहस जारी रहने भएको छ ।

        कमेन्टहरु