नवलपुरको अरुणखोलामा पौडी खेल्दा दुबेर एक बालकको मृत्यु


अरुणखोला, जेठ ३० । नवलपुरको मध्यबिन्दु नगरपालिका- १० स्थित अरुणखोला पुल मुनि पौडी खेल्नेक्रममा दुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मध्यबिन्दु नगरपालिका- १० स्थित टाडीँ बस्ने विमल सिंह खान्गाको छोरा बर्ष अन्दाजी १३ को महेश खान्गा रहेको प्रहरी चौकी अरुणखोलाले जनाएको छ ।
उनको आज साझ करिब ५ बजे पौडी खेल्नेक्रममा दुबेर मृतु भएको हो । साथीहरु सँग पौडी खेल्ने क्रममा डुबेको भन्ने खबर प्राप्त हुनासाथ प्र.ब.ना.नि.जगत बहादुर ढकालको कमाण्डमा २ जनाको टोली खटी गई ५:०५ बजेको समयमा घटनास्थलमा पुगि स्थानीय व्यक्तिहरुको सहयोगमा दहबाट ५:१० बजेको समयमा उद्दार गरी उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल, डण्डामा पठाईएको थियो । अस्पतालमा पुर्याउदा उनको अवस्था अचेत रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी सन्तोष पाठकले नवलपुर टुडेलाई बताए ।
उनको मध्यबिन्दु जिल्ला अस्पताल, डण्डाले ५:५५ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको हो । मृतकको शव जिल्ला अस्पतालमा राखेको पाठकले बताए ।





