देश

    मुटुको समस्या देखिएपछि राष्ट्रपति पौडेललाई एनजीओग्राम गरियो

    नवलपुर टुडे
    २०८० जेष्ठ ३० | मध्यान्ह ०४:०२ बजे

      काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा समस्या देखिएपछि इनजीओग्राम गरिएको छ। एनजीओग्रामको सुरुवाति रिपोर्ट राम्रो रहेको अस्पताल स्रोतले जनाएको छ । एनजीओग्रामबाट मुटुको बन्द भएको नसा खुलाइएको हो।

      राष्ट्रपति पौडेललाई अस्पतालको भीआईपीतर्फको ६ नम्बर क्याबिनको २५४ नम्बर बेडमा राखिएको छ । गंगालालका निर्देशक डा.चन्द्रमणि अधिकारीसहितको चिकित्सकको टोलीले पौडेलको उपचारमा संलग्न छ।

      एनजीओग्राम गरेपछि २४ घन्टा अब्जरभेसनमा राख्नुपर्ने भएकाले पौडेल भोलि डिस्चार्ज हुने अस्पतालले जनाएको छ। दम र ग्याष्ट्रिकबाट पीडित पौडेललाई मुटुमा समस्या देखिएपछि मंगलबार बिहान ७ बजेतिर बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको थियो।

        कमेन्टहरु