देश

    पाल्पामा लिची टिप्दा लडेर महिलाको मृत्यु

    नवलपुर टुडे
    २०८० जेष्ठ ३० | बिहान ०८:०२ बजे

      पाल्पा, जेठ ३० । बगनासकाली गाउँपालिका– ९ फक्टुङकी ४५ वर्षीया धना खाणको रुखबाट लडेर मृत्यु भएको छ । आफ्नै बारीमा रहेको रुखमा चढेर लिची टिप्ने क्रममा सोमबार दिउँसो करिब २ बजे उनी लडेकी थिइन्।

      गम्भीर घाइते उनको तानसेनको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार हुँदै गर्दा बेलुकी पौने ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

      घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

        कमेन्टहरु