समाचार

    बाँकेमा खोलामा डुबेर दुईको मृत्यु

    नवलपुर टुडे
    २०८० जेष्ठ २९ | मध्यान्ह ०८:०२ बजे

      बाँके । बाँकेको खजुरा गाउँपालिकास्थित मानखोलामा डुबेर आज दुई जनाको मृत्यु भएको छ। 

      जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक सुजनविक्रम शाहले खजुरा गाउँपालिका–६ की १७ वर्षीया लक्ष्मी डाँगी र उक्त गाउँपालिकाका सात वर्षीय किरण नेपालीको मृत्यु भएको जानकारी दिए। 

      घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दुवै जनाको पौडी खेल्ने क्रममा मृत्यु भएको थियो । 

        कमेन्टहरु