समाज

    काठमाडौ अनामनगरको सार्वजनिक जग्गामा महानगरले डोजर चलाए

    नवलपुर टुडे
    २०८० जेष्ठ २९ | मध्यान्ह ०२:०२ बजे

      काठमाडौ ।।काठमाडौंको अनामनगरस्थित सार्वजनिक जग्गामा काठमाडौं महानगरले डोजर चलाएपछि स्थानीयहरूले विरोध गरेका छन् । सोमबार काठमाडौंको अनामनगरस्थित गोरखा एफएम चोकमा रहेको सार्वजनिक जग्गामा महानगरपालिकाले डोजर चलाएपछि स्थानीयहरूबीच विवाद सिर्जना भएको हो।

      एक पक्ष स्थानीयहरू वर्षौंदेखि सार्वजनिक जग्गाको सुरक्षा गर्दै आएको र विपद्को बेलामा आवश्यक पर्ने भएकाले भत्काउन नहुने पक्षमा छन् भने अर्को पक्षका स्थानीयहरू सरकारले सार्वजनिक जग्गाको उपयोगका लागि भत्काउन पाउने र आफ्नो संरचना बनाउन पाउने पक्षमा छन्। स्थानीयहरूबीच नै विवाद हुँदा अहिले स्थिति तनावग्रस्त छ। 

      photo 2023 06 12 14 15 43

      काठमाडौं महानगरपालिकाले महानगरको २९ नम्बर वडाको वडा कार्यालय बनाउन भत्काउन थालेको छ । अहिले महानगरपालिकाले स्थानीयको विरोधका बीच डोजर चलाइरहेको छ । स्थानीयहरूले भने काठमाडौं महानगरपालिकाको विरोध गरिरहेका छन्।

      उनीहरूले महानगरपालिकाले सार्वजनिक जग्गा पहिचान गरी आवश्यक ठाउँमा वडा कार्यालय बनाउन पाउने तर विपद्को बेलामा उपयोग हुने जग्गा मिचेर वडा कार्यालय बनाउन नहुने उनीहरूको तर्क छ । स्थानीयहरूले वडा कार्यालय बाहेकका अन्य कुनै पनि संरचना बनाउन महानगरपालिकालाई आफूहरूको समर्थन रहने प्रतिबद्धता जनाएका छन्।

      महानगरपालिकाले भने स्थानीयहरूको मागलाई बेवास्ता गर्दै सार्वजनिक जग्गामा डोजर चलाइरहेको छ। 

        कमेन्टहरु