गैडाकोटबाट लागुऔषधसहित एक युवक पक्राउ

नवलपुर टुडे
२०८० जेष्ठ २९ | मध्यान्ह ०२:०२ बजे

गैंडाकोट, जेठ २९ । पुर्वी नवलपरासीको गैडाकोटमा लागुऔषधसहित एक युवक पक्राउ परेको छ । पक्राउ पर्नेमा गैडाकोट नगरपालिका- ७ बस्ने बर्ष २७ को सुजन बिक रहेको छ ।
प्रहरीलाई प्राप्त गोप्य सुचनाको आधारमा आइतबार साझ अन्दाजी ८ बजे बिकको घरमा प्र.ब.ना.नि. मोहन थापा क्षेत्रीको कमाण्डमा ५ जनाको टोली खटि गई निजको घर खानतलासी गर्दा कोठा भित्र झोलामा लुकाई छिपाई राखेको अबस्थामा लागुऔषध र नगद फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी सन्तोष पाठकले नवलपुर टुडेलाई जानकारी दिए ।
निजको घरबाट नुफिन १७८, फेनार्गन १७९ र सेरीज्याक १८४ गरी जम्मा ५४१ एम्पुल र नगद रु.५,००,०००।– (पाँच लाख) फेला परेका हुन । बिकलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालयमा राखि थप अनुसन्धान कार्य भैरहेको पाठकले बताए ।





