समाचार

    बाजुराको बिछिया भूकम्प

    नवलपुर टुडे
    २०८० जेष्ठ २९ | बिहान ०८:०२ बजे

      काठमाडौँ । बाजुरा जिल्लाको बिछिया केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछिया केन्द्रबिन्दु भएर साेमबार बिहान ७ बजेर ३८ मिनेट जाँदा ४ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको हो।

      बिछिया केन्द्रविन्दु भएर यसअघि पनि पटकपटक भूकम्प गएको थियो। यसअघि यही जेठ १४ सिन्धुपाल्चोक जिल्लाको गोल्चे आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो।

      पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी रहेको जनाइएको छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रूपमा लिने गरिन्छ। रासस

        कमेन्टहरु