देश

    प्रधानन्यायाधीश नबन्दै थमाइयो हरिकृष्णलाईअवकाशको पत्र

    नवलपुर टुडे
    २०८० जेष्ठ २९ | बिहान ०७:०२ बजे

      काठमाडौं, जेठ २९ । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशका लागि सिफारिस गरेका हरिकृष्ण कार्कीलाई अवकाशको पत्र थमाइएको छ । न्याय परिषद् सचिवालयले आइतबार उनलाई पत्र पठाउँदै साउन १९ मा ६५ वर्ष पूरा भई उमेरहदका कारण अनिवार्य अवकाश हुने व्यहोरा जानकारी गराएको हो।

      सचिवालयका सहसचिव मानबहादुर कार्कीले पठाएको पत्रमा भनिएको छ, ‘यस सचिवालयमा रहेको अभिलेख तथा निजामती किताबखाना समेतबाट प्राप्त यहाँको वैयक्तिक विवरण अभिलेखका आधारमा सम्माननीय महोदय मिति २०८०।०४।१९ मा ६५ वर्ष पूरा भई उमेरका कारणले मिति २०८०।०४।२० देखि अनिवार्य अवकाश हुनुहुने व्यहोरा न्याय परिषद ऐन, २०७३ को दफा ३१ बमोजिम निर्णयानुसार जानकारी गराउँदछु।’

      कार्कीलाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशका लागि सिफारिस गरिसकेको छ। सिफारिस संसदीय सुनुवाई विशेष समितिमा छलफलका लागि पुगेको छ। समितिले जेठ १६ गते १० दिनको समय दिएर कार्कीविरुद्ध उजुरी आव्हान गरेको थियो । कार्कीलाई प्रधानन्यायाधीश नबनाउन माग गर्दै २९ वटा उजुरी परेका छन्। उजुरी दिनेमा बहालवाला जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराई पनि छन्। ती उजुरीमाथि समितिले सोमबार छलफल गर्ने तयारी गरेको छ।

      अवकासको पत्र:

      photo 2023 06 12 07 33 42

        कमेन्टहरु