अर्थ

    बजेटमाथि उठेको प्रश्नको अर्थमन्त्रीले आज जवाफ दिने

    नवलपुर टुडे
    २०८० जेष्ठ २९ | बिहान ०६:०२ बजे

      काठमाडौँ । आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक १ः०० बजे बोलाइएको छ । 

      आजको बैठकमा आर्थिक वर्ष २०८/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) मा अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम रहेको छ ।प्रधानमन्त्री भारत भ्रमणबाट फर्केपछि निरन्तर बजेटमाथि छलफल भइरहेको थियो, साे क्रम हिजोबाट सकिएपछि सोमबार अर्थमन्त्रीले जवाफ दिन लागेका हुन् । 

      प्रतिनिधिसभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ हिजै दिने भनिए पनि प्राविधिक कारण देखाउँदै आजका लागि सारिएको हो । 

        कमेन्टहरु