पोखराको निलगिरी बोर्डिङ स्कुलको छतबाट खसेर एक विद्यार्थी घाइते

नवलपुर टुडे
२०८० जेष्ठ २८ | मध्यान्ह १२:०२ बजे

पोखरा, जेठ २८ । पोखरामा स्कुलको छतबाट खस्दा एक विद्यार्थीको घाइते भएकी छन् ।
आइतबार बिहान पोखरा महानगरपालिका – ८ मा रहेको निलगिरी बोर्डिङ स्कुलको छतबाट खसेर भारतको बिहार मोतिहारीकी १५ वर्षीया चाहात शाह घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
छतबाट खसेर घाइते भएकी शाहको मणिपाल अस्पतालमा उपचार भइरहेका जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।





