त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै गोली चल्यो, एक जना घाइते

नवलपुर टुडे
२०८० जेष्ठ २८ | मध्यान्ह १२:०२ बजे

काठमाडौँ, जेठ २८ । त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल नजिकै गोली चलेको छ । आइतबार बिहान लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले सिनामंगलस्थित शम्भु मार्गमा लागू औषधका कारोबारीमाथि गोली प्रहार गरेको हो ।
गोली प्रहारबाट लागूऔषध कारोबारी विकास भगवत घाइते भएका छन् । उनको बायाँ खुट्टाको घुँडामुनि गोली लागेको छ । उनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि गोली चलाएपछि प्रहरी जवाफी फायरिङ गरेको केन्द्रीय प्रवक्ता कुवेर कडायतले जानकारी दिए ।
प्रहरीको गोली लागेर घाइते भएका भगवतलाई उपचारको लागि केएमसी अस्पताल लगिएको छ । उनको साथबाट केही मात्रामा लागू औषध पनि बरामद भएको ब्युरोका प्रवक्ता एसपी चक्रराज जोशीले बताए ।





