देश

    तिलोत्तमाको शान्तिकुञ्जमा स्कारपियो दुर्घटना हुँदा १ को मृत्यु, ५ जना घाइते

    असिम कामु
    २०८० जेष्ठ २८ | बिहान १०:०२ बजे

      बुटवल, जेठ २८ । रूपन्देहीको तिलोत्तमा नगरपालिका – ३ शान्तिकुञ्जमा गएराराति स्कारपियो गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा अन्य पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

      भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको बा २० च १४३८ नम्बरको स्कारपियो गाडी सिद्धार्थ राजमार्गअन्तर्गत तिलोत्तमा नगरपालिकाको शान्तिकुञ्जमा सडक बत्तीको पोल र भित्तामा ठोक्किएर दुर्घटनाग्रस्त भएको हो ।

      दुर्घटनामा अर्घाखाँची छत्रगञ्ज गाउँपालिका – ८ घर भएका गाडी चालक ३२ वर्षीय विकास श्रेष्ठको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका चालक श्रेष्ठको उपचारको क्रममा बुटवलको कालिकानगरस्थित चौराह अस्पतालमा मृत्यु भएको हो ।

      दुर्घटनामा घाइते हुनेहरुमा वर्ष ३१ का विज्ञान श्रेष्ठ, वर्ष ४९ का सुरेन्द्र श्रेष्ठ, वर्ष १८ का विप्लव श्रेष्ठ, वर्ष १७ का सुदर्शन श्रेष्ठ र वर्ष ३५ का विशाल पन्थी रहेका छन् । उनीहरुको पनि चौराहा अस्पतालमै उपचार भइरहेको प्रहरीले जानकारी दिए ।

       

        कमेन्टहरु