देश

    दाङबाट बाघको छाला र हड्डीसहित चार जना पक्राउ

    नवलपुर टुडे
    २०८० जेष्ठ २७ | मध्यान्ह ०९:०२ बजे

      दाङ । दाङमा बाघको छाला ओसारपसारमा संलग्न चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा राजपुर गाउँपालिका–७ निवासी ३१ वर्षीय वीरबहादुर पुन, सोही ठाउँ निवासी ४० वर्षीय आशाराम विक, २५ वर्षीय देवबहादुर विक र रोल्पा माडी गाउँपालिका–३ निवासी २८ वर्षीय अमलाल घर्तीमगर रहेका छन्।

      विशेष सुराकीको आधारमा बाघको छाला ओसारपसारमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिए।

      टाउकोदेखि पुच्छरसम्मको ९ फिट ६ इञ्च लम्वाई, ५ फिट १० इञ्च चौडाई भएको बाघको छाला बरामद भएको छ। ८ किलो ४३० ग्राम तोलको १ सय ४१ वटा हड्डीसमेत बरामद गरिएको छ।

      यस्तै, बा २० प ९०७२ नम्बरको  र अर्को भारतीय नम्बरको मोटरसाइकलसमेत बरामद भएको प्रहरीले जनाएको छ। उनीहरुलाई कानुनी कारबाहीको लागि वन कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ।

        कमेन्टहरु