मधेश प्रदेश

    फरार प्रतिवादी धमाधम पक्राउ पर्दै रौतहट प्रहरी

    नवलपुर टुडे
    २०८० जेष्ठ २७ | मध्यान्ह ०४:०२ बजे

      रौतहट । किर्ते मुद्दामा फरार एक जना प्रतिवादीलाई रौतहट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको गुजरा नगरपालिका–६ स्थित खतवहियाका ६८ वर्षीय जिकरुलाह अन्सारी छन् । 

      जिल्ला अदालत रौतहटबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका अन्सारीलाई ईलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको टोलीले शुक्रबार राति पक्राउ गरेको हो ।

      किर्ते मुद्दामा जिल्ला अदालत गौरले ८ लाख जरिवाना गरेको र उक्त जरिवाना नतिरी फरार रहेका अन्सारी पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए । पछिल्लो समय प्रहरीले रौतहटमा धमाधम फरारहरुलाई पक्राउ गरिरहेको छ ।

      अपहरण, शरीर बन्धक र लागूऔषध ओसारपसारको घटनामा फरार गुजरा नगरपालिका– ७ का ३७ वर्षीय महम्दीन अन्सारीलाई केही दिनअघि प्रहरीले पक्राउ गरेको थियो । उनी अपहरण तथा शारीरिक बन्धकको अभियोगमा दुई वर्षदेखि फरार थिए । घटनापछि फरार उनीहरुविरुद्ध कसुर अनुसारको ऐनमा मुद्दा चली अदालतको आदेश, फैसला भइसकेको छ ।

      प्रहरीले एक महिनाको अवधिमा ७० भन्दा बढी फरार पक्राउ गरेको जनाएको छ ।

        कमेन्टहरु