खेलकुद

    नेपालले आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्ने

    नवलपुर टुडे
    २०८० जेष्ठ २७ | बिहान ०६:०२ बजे

      काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप छनोटको तयारीमा रहेको नेपालले दोस्रो अभ्यास खेलमा आज नेदरल्याण्डससँग खेल्दैछ । 

      गत बिहीबार भएको पहिलो अभ्यास खेलमा नेपाल स्कटल्यान्डसँग ७ विकेटले पराजित भएको थियो । दक्षिण अफ्रिकामा भएको पहिलो एक दिवसीय अभ्यास खेलमा नेपाल स्कटल्यान्डसँग ७ विकेटले पराजित भए पनि नेपालमा भएको खेलमा भने स्कटल्यान्डलाई नेपालले पराजित गरेको थियो ।

      जिम्बाबेमा हुने छनोट प्रतियोगिताका लागि नेपाल दक्षिण अफ्रिका पुगेको छ । जिम्बाबेमा हुने छनौट खेलमा नेपालसहित आठ देशको सहभागिता रहने छ । 

      नेपालसमेत रहेको समूह ‘ए’ वेस्ट इन्डिज, अमेरिका, नेदरल्याण्डस् र जिम्बाबे रहेका छन् भने समूह ‘बी’मा आयरल्याण्ड, ओमान, स्कटल्यान्ड, श्रीलङ्का र युनाइटेड अरब इमिरेट्स (यूएई) रहेका छन् ।

      नेपाल दुई सातापछि जिम्बावे हुने आइसिसी विश्वकप छनोट अघि अन्तिम तयारीको लागि दक्षिण अफ्रिका भ्रमणमा गएको हो । 

        कमेन्टहरु